Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमालेमा ओली राज आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी

एमालेमा ओली राज आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी

दैनिकी न्यूज

३, पौष २०७८
एमालेमा ओली राज आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको जिम्मेवारी दिइएको छ । यस्तै, एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निकटका नेतालाई पनि महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

२५ र २६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै वरीयताक्रम निर्धारण गरेको हो । बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठनका साथै प्रदेश कमिटीको पदाधिकारीसमेत चयन गरेको अध्यक्ष ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानी–१) मा उल्लेख छ । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - ०८:१६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology