Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री विजयी

माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री विजयी

दैनिकी न्यूज

६, पौष २०७८
माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री विजयी
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । १६२ मत ल्याएर पौडेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी दिनानाथ गौतमले ८६ मत ल्याएका थिए।

त्यसैगरी उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।

सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ) विजयी भएका छन । उनले १४९ मत प्राप्त गरेका थिए । सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् ।

कोषाध्यक्ष पदमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - ०७:१२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology