काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् ।
तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् । सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भए ।
तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए ।
९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको थियो। मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ।