Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी राष्ट्रिय सम्मेलनः दाहालको विकल्प दाहाल

माओवादी राष्ट्रिय सम्मेलनः दाहालको विकल्प दाहाल

दैनिकी न्यूज

९, पौष २०७८
माओवादी राष्ट्रिय सम्मेलनः दाहालको विकल्प दाहाल
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् ।

माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रले विधान परिमार्जन गर्न विधान मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव रहेको समिति गठन गरिएको छ ।

विधान मस्यौदा समितिका संयोजक गुरुङले सम्मेलनको हलबाट पारित हुने व्यवस्थाअनुसार पदाधिकारी चयन गरिने बताए । पदाधिकारी संख्या बढाउने छलफल जारी रहेको बताउँदै उनले सम्मेलनले नै अन्तिम टुंगो लगाउने बताए ।

माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल नै आउने भएका छन् । दाहालको विकल्पमा अर्को नेता नभएकाले उनी नै फेरि अध्यक्ष बन्नेछन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गुरुङले विगत तीन दशक बढी समयदेखि पार्टीको नेतृत्व गर्दै आएका नेता भएको ठाउँमा अर्को नेता आउने सम्भावना नभएको बताए । राजधानी दैनिकबाट

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - ०६:५२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology