काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए। माओवादी केन्द्रको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुनेछ ।