Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

दैनिकी न्यूज

११, पौष २०७८
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु
images

काठमाडौँ । नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालयमा सुरु भएको छ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न बैठक बसेको हो ।

राष्ट्रिय सम्मेलनको अघिल्लो दिन शनिबार बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।

यसलाई आठौं महाधिवेशनको नाम दिइएको छ। मा‌ओवादी केन्द्रको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुनेछ ।

images
प्रकाशित मिति :पौष ११, २०७८ आइतवार - ०९:०३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology