Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रको महाधिवेशनमा एमालेका अध्यक्ष केपी ओली नजाने

माओवादी केन्द्रको महाधिवेशनमा एमालेका अध्यक्ष केपी ओली नजाने

दैनिकी न्यूज

११, पौष २०७८
माओवादी केन्द्रको महाधिवेशनमा एमालेका अध्यक्ष केपी ओली नजाने
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।

आइतबार ३ बजे हुने उद्घाटन कार्यक्रमका लागि शुभकामना दिन बोलाइएका एमाले अध्यक्ष ओली काठमाडौं बाहिर भएकाले उपस्थित नहुने भएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार ओली काठमाडौं बाहिर भएकाले उद्‌घाटन सत्रमा सहभागी नहुने र कोही प्रतिनिधि पठाउने भएका छन्।

स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले ११ दललाईसमेत निम्तो गरेको छ।

महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता हुनेछ । जसमा १० प्रतिशत मनोनीत हुनेछन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले आफ्नै खर्चमा खाने, बस्ने व्यवस्था गर्नुपर्नेछ । पार्टीको अन्तरिम विधानअनुसार बहुपदीय प्रणालीमा नेतृत्व चयन हुनेछ । जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष चयन हुनेछन् । पदाधिकारीको सङ्ख्या १५ जना हुने प्रस्ताव गरिए पनि उपाध्यक्ष, उपमहासचिव र सचिवको सङ्ख्या भने तोकिएको छैन ।

कुल २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित अन्तरिम विधानमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिमको ५ प्रतिशत कोटा व्यवस्था गरिएको छ । १३ प्रतिशत दलितलाई २ प्रतिशत थप गरेर विशेष अधिकार व्यवस्था गरिएको छ । २९९ केन्द्रीय समितिमा दलित समुदायबाट ४५ जना आउनेछन् । ६७ जना महिला र १५ जना मुस्लिम समुदायबाट आउनेछन् । केन्द्रीय समितिमा ४८ जना युवाको प्रतिनिधित्व हुँदै छ ।

पुस ११ गते कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा उद्घाटन हुने महाधिवेशन पुस १५ गते सम्पन्न हुनेछ ।

images
प्रकाशित मिति :पौष ११, २०७८ आइतवार - १०:३८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology