Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको आठौं महाधिवेशनः आजदेखि बन्दशत्र

माओवादी केन्द्रको आठौं महाधिवेशनः आजदेखि बन्दशत्र

दैनिकी न्यूज

१२, पौष २०७८
माओवादी केन्द्रको आठौं महाधिवेशनः आजदेखि बन्दशत्र
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन आज बिहान ११ बजेका लागि तय भएको छ ।

अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । बन्दसत्रमा एक हजार ६३१ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ।

राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो। आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो।

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - ०७:४६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology