Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी बन्दशत्र सुरु‚ बन्दसत्र सञ्चालन गर्न ७ सदस्यीय अध्यक्ष मण्डल

माओवादी बन्दशत्र सुरु‚ बन्दसत्र सञ्चालन गर्न ७ सदस्यीय अध्यक्ष मण्डल

दैनिकी न्यूज

१२, पौष २०७८
माओवादी बन्दशत्र सुरु‚ बन्दसत्र सञ्चालन गर्न ७ सदस्यीय अध्यक्ष मण्डल
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको बन्दशत्र सुरु भएको छ। आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दशत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको छ।

बन्दशत्रका लागि सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। मण्डलमा कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेल‚ गणेश साह‚ परशुराम तामाङ‚ पर्शुराम रम्तेल‚ पूर्णा सुवेदी र रुपा महर्जन श्रेष्ठ रहेका छन्।

बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दशत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - १२:४७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology