Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २५ समुहमा छलफल

अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २५ समुहमा छलफल

दैनिकी न्यूज

१३, पौष २०७८
अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २५ समुहमा छलफल
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ । सोमबार अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफलका लागि गठन भएका समूहले विभिन्न ठाउँमा बसेर छलफल गर्दैछन् । सात प्रदेश र जनवर्गीय संगठनका छुट्टाछुट्टै समूह बनेका छन् । सबै समूहका लागि छलफल गर्ने उपयुक्त स्थान नभएकाले विभिन्न स्थान तोकिएको छ ।

बन्दसत्रमा कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल चयन भएको छ । अध्यक्ष मण्डलमा गिरीराजमणी पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुबेदी, परशुराम रम्तेल र रुपा महर्जन सदस्य हुनुहुन्छ ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेजमाथि छलफलका लागि समूह बनेका हुन् । सोमबारको बन्दसत्रमा देवप्रसाद गुरुङबाट पार्टीको विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।

केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमाथि छलफलका लागि तयार भएका समूह र छलफल गर्ने समूह नेता, स्थानः

समूह १
सहभागीः जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थानः प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारीः एनके प्रसाई

समूह २ र ३
सहभागीः सल्लाहकार
छलफलको स्थानः प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारीः नन्दकुमार थापा

समूह ४ र ५
सहभागीः प्रदेश १ का प्रतिनिधि
छलफलको स्थानः भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः हर्क नेम्वाङ

समूह ६ र ७
सहभागीः प्रदेश २ का प्रतिनिधि
छलफलको स्थानः पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः गणेश साह

समूह ८ र ९
सहभागीः लुम्बीनी प्रदेशका प्रतिनिधि
छलफलको स्थानः सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः चक्रपाणि खनाल

समूह १० र ११
सहभागीः गण्डकी प्रदेशका प्रतिनिधि
छलफलको स्थानः पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः गायत्री गुरुङ

समूह १२
सहभागीः प्रवास प्रदेशका प्रतिनिधि
छलफलको स्थानः पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः लक्ष्मण पन्त

समूह १३ र १४
सहभागीः कर्णाली प्रदेशका प्रतिनिधि
छलफलको स्थानः एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारीः विमला केसी

समूह १५ र १६
सहभागीः सुदूरपश्चिम प्रदेशका प्रतिनिधि
छलफलको स्थानः एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारीः खगराज भट्ट

समूह १७ र १८
सहभागीः सम्पूर्ण विभागका प्रतिनिधि
छलफलको स्थानः क्वालिटी बैंकेट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारीः मायाप्रसाद शर्मा

समूह १९
सहभागीः उपत्यका विशेष प्रदेशका प्रतिनिधि
छलफलको स्थानः क्वालिटी बैंकेट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारीः जगत सिंखडा

समूह २० र २१
सहभागीः सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारीः कृष्ण अधिकारी

समूह २२ र २३
सहभागीः बागमति प्रदेशका प्रतिनिधि
छलफलको स्थानः काठमाडौं बैंकेट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः सरल सहयात्री

समूह २४
सहभागीः आयोगका सदस्य
छलफलको स्थानः काठमाडौं बैंकेट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागीः जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि
छलफल गर्ने स्थानः काठमाडौं बैंकेट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः अमृता थापामगर

images
प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - ०८:३४:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology