काठमाडौं । सरकारले भोली (पुस १५ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले तमू ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले सूचना जारी गरी बिदाबारे जानकारी दिएको छ।
गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्।
