Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रियसभा निर्वाचनको प्रक्रिया सुरु

राष्ट्रियसभा निर्वाचनको प्रक्रिया सुरु

दैनिकी न्यूज

१७, पौष २०७८
राष्ट्रियसभा निर्वाचनको प्रक्रिया सुरु
images

काठमाडौँ । १९ जना राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रक्रिया आज सुरु भएको छ।

निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने छ ।

मतदान माघ १२ गते तोकिएको छ। मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।

सो निर्वाचनमा स्थानीय तहमा १ हजार ४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता छन्।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ ।

एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिने लागेको हो । राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन्।

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - १२:१५:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology