काठमाडौं । नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी)को आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रले माओवादी केन्द्रको विधान पारित गरेको छ। विधानमा उठेका विभिन्न समूहका प्रश्नको जवाफ देव गुरूङले दिएका थिए। जवाफ दिएपछि विधान पारित भएको हो।
विधानले २९९ सदस्य केन्द्रीय कमिटी हुनेछ । विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ । पदाधिकारी संख्या केन्द्रीय समितिले निर्धारण गर्नेछ ।