Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको निर्वाचन तालिका प्रकाशित

माओवादी केन्द्रको निर्वाचन तालिका प्रकाशित

दैनिकी न्यूज

१७, पौष २०७८
माओवादी केन्द्रको निर्वाचन तालिका प्रकाशित
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि १०: ३० बजेसम्मलाई तोकिएको छ ।

यसैगरी उम्मेदवारको विरोधमा भोलि बिहान ८ बजेदेखि ८: ३० सम्म उजुरी दिन सकिनेछ। भोलि बिहान ११ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली टाँसेको छ ।

12.jpg

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - १७:४८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology