Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज नेप्से ६०.४१ अंकले बढ्यो

आज नेप्से ६०.४१ अंकले बढ्यो

दैनिकी न्यूज

१८, पौष २०७८
आज नेप्से ६०.४१ अंकले बढ्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (आइतबार) उच्च अंकले बढ्यो । आज नेप्से ६०.४१ अंकले बढेर दुई हजार पाँच सय ८४ दशमलब ९१ विन्दुमा पुगेको हो । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ को विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २४० कम्पनीका ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा किनबेच भएका छन्।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि यस दिन हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ। त्यसैगरी, मध्य भोटेकोशीको शेयरमूल्य यस दिन ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत बढेको छ। कारोबारमा आएको गोर्खाज फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.१२ प्रतिशत घटेको छ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरको भएको छ । यस कम्पनीको आज ४४ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - १६:५१:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology