Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आज दुई कम्पनीका शेयर नेप्सेमा सूचिकृत

आज दुई कम्पनीका शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

१८, पौष २०७८
आज दुई कम्पनीका शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । दुई ओटा अलग–अलग कम्पनीको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज९नेप्से० मा सूचीकृत भएको छ ।

सानिमा माई हाइड्रोपावरको २८ लाख ८ हजार ४१० कित्ता र कालिका लघुवित्त वित्तीय संस्थाको २ लाख ४५ हजार ५०८ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते सम्पन्न साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाले गत वैशाख ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - २१:३९:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology