Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रको पदाधिकारी छनोटका लागि केन्द्रीय समितिको बैठक आज बस्दै

माओवादी केन्द्रको पदाधिकारी छनोटका लागि केन्द्रीय समितिको बैठक आज बस्दै

दैनिकी न्यूज

१९, पौष २०७८
माओवादी केन्द्रको पदाधिकारी छनोटका लागि केन्द्रीय समितिको बैठक आज बस्दै
images

काठमाडौं । नेकपा( माओवादी केन्द्र) को ननिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो ३ बजे ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ।

माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनले २३६ जना केन्द्रीय सदस्य चयन गरेको छ। प्रचण्डले आइतबार साँझ आठौँ महाधिवेशनको बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम पेश गरेका हुन्। केन्द्रीय सदस्यमा प्रचण्डले प्रस्ताव गरेको नाम अनुमोदनसमेत भइसकेको छ।

उनले खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना गरी २३६ जना केन्द्रीय सदस्यको नाम पेश गरेका थिए। माओवादीको २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ सिटमा पछि मनोनीत गर्ने गरी खाली राखिएको छ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - ०९:१७:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology