काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा आज झन्डै पौने १६ लाख कित्ता सेयर थपिएको छ।
नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल १५ लाख ७२ हजार ३५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा कुल १०.५२६ प्रतिशत लाभांश बाँडेको थियो। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश थिए।
सोही १० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।