काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारका आज (मंगलबार) उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ६३.१ अंकले बढेर दुई हजार ६ सय ७९ दशमलब ९५ विन्दुमा पुगेको हो । सोमबार नेप्से ३२.०३ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको थियो ।
आज नेप्सेमा सूचीकृतमध्ये २३४ कम्पनीका ९१ लाख १० हजार ७५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा किनबेच भएका छन्।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज श्री इन्भेस्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक र नेपाल एसबीआई बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
त्यस्तै, आज धेरैजसो डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।
आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको छ । यस कम्पनीको आज १४ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।