Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी दर्ता

दैनिकी न्यूज

२०, पौष २०७८
राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी दर्ता
images

काठमाडौँ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ९ पार्टीबाट ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदै छ। सो निर्वाचनका लागि आयोगको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार परेको उम्मेदवारी मनोनयन दर्ता अन्तर्गत ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए। जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टीबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएको सहायक प्रवक्ता धमलाले बताए।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिनको लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ। २२ र २३ गते उजुरीउपर छानविन हुने, २३ गते उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगका सहायक प्रवक्ता धमलाले बताए।

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - २१:३५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology