ललितपुर । विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राट्रिय खेलकुद प्रतियोगितामा खेल्ने क्रममा घाइते हुने खेलाडीहरुलाई गोदावरी नगरपालिकाले सहयोग गर्ने भएको छ । ललितपुरको बज्रबाराहीमा भएको प्रथम नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता तथा चौथो मेयर कप क्योकुशिन कराते प्रतियोगिताको समापन समारोहमा मन्तव्य राख्दै नगरप्रमुख गजेन्द्र महर्जनले घाइते नगरवासी खेलाडीहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । नगरप्रमुख महर्जनले भने, “खेलाडीहरु राष्ट्रका गहना हुन्, उनीहरुको जीवनको रक्षा गर्नु, खेल्ने अवसरको सृजना गर्नु सरकारको पनि दायित्व हो, त्यसकारण ढुक्क भएर खेल्ने अवसर सृजना गर्न र उनीहरुको सुरक्षाको प्रत्याभूति दिनका लागि स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाको दायित्व महसुस गर्दै हामी यो जिम्मेवारी बहन गर्दछौं।’’ नगरप्रमुख महर्जनले यही माघ महिनामा खेलाडीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले गोदावरीमा राष्ट्रिय पल्सर अवार्ड हुने समेत जानकारी दिए। महर्जनले रााष्ट्रियस्तरमा खेलेर सफलता हासिल गर्ने खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तरमा समेत खेलेर सफलता हासिल गर्न आग्रह गरे।
त्यस्तै नेपाल फुलकन्ट्याक महासंघ अध्यक्ष दमन बस्तेतले खेलाडीहरुको उपचार तथा सुरक्षाका लागि यस्तो कार्यक्रम ल्याउन लागिएको वताएका छन्। अध्यक्ष दमन बस्तेतले खेलाडीहरुको उपचार तथा सुरक्षाका लागि यस्तो कार्यक्रम ल्याउन लागिएको वताएका हुन। अध्यक्ष बस्नेतले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने क्रममा घाइते तथा अंगभंग हुने समस्या रहन्छ, तसर्थ उनीहरुको सुरक्षमा लागि हामी एउटा निश्चित मापदण्ड तय गरेर विमाको कार्यक्रमहरु लागु गर्छौ ।’’ बस्नेतले खेलकुदको प्रतियोगिता सञ्चालन गर्ने संघसंस्थाहरुलाई नेपाल फुलकन्ट्याक महासंघसंग समन्वय गरेर रेफ्री तालिमहरु सञ्चालन गर्न पनि आग्रह गरे । अध्यक्ष बस्नेतले नेपाल फुलकन्ट्याक महासंघसंग समन्वय नगरी गरिएको रेफ्री तालिमहरुलाई मान्यता दिन नसकिने प्रस्ट्याए ।
शुक्रबारबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ अण्डर २५ केजी तौल समूहमा नल्लुका साजन स्याङ्तानले प्रथम, डुकुछापका समन तामाङले दोस्रो, छम्पीका अप्सन बस्नेतले तेस्रो र छम्पीकै बविन बस्नेतले चौथो स्थान हासिल गरे ।
पुरुषतर्फ अण्डर ३० केजी तौल समुहमा छम्पीका प्रजिन नगरकोटी प्रथम, केन्द्रीय डोजोका शशी श्रेष्ठले दोस्रो, प्रवेश तामाङले तेस्रो र छम्पीका सदिप नगरकोटीले चौथो स्थान हासिल गरे ।
पुरुषतर्फ अण्डर ३५ केजी तौल समुहमा केन्दीय डोजोका आर्यन मगरले प्रथम, ठेचो डोजोका क्यास्पियन वाखाले दोस्रो, छम्पीका सन्देश नगरकोटीले तेस्रो र ठेचोका सुदर्शन सुनारले चौथो स्थान हासिल गरे ।
पुरुषतर्फ अण्डर ४० केजी तौल समुहमा डुकुछापका रोशन तामाङले प्रथम, महोत्तरीका चन्दन शाहले दोस्रो,केन्द्रीय डोजोका विराज पुलामीले तेस्रो र डुकुछापका अशोक तामाङले चौथो स्थानको पुरस्कार हात पारे ।
पुरुषतर्फ अण्डर ४५ केजी तौल समुहमा केन्द्रीय डोजोका चन्द्र थिङ तामाङले प्रथम, सलन महर्जनले दोस्रो, डेविट राईगाईले तेस्रो र आकाश तामाङले चौथो स्थान हात पारे।
पुरुषतर्फ अण्डर ५० केजी तौल समुहमा नल्लका सनिल घलानले प्रथम, केन्द्रीय डोजोका विवेक थापाले दोस्रो, टोखाका धनराज कडराले तेस्रो र केन्द्रीय डोजोका सुनिल तामाङले चौथो स्थान हासिल गरे ।
पुरुषतर्फ अण्डर ५५ केजी तौल समुहमा केन्द्रीय डोजोका भोला तामाङले प्रथम, विशाल तामाङले दोस्रो, निराजन तामाङले तेस्रो र गैरीगाउँका निरोज जोशीले चौथो स्थान हासिल गरे ।
पुरुषतर्पm खुला तौल समूहमा केन्द्रीय डोजोका रितेश रानामगरले प्रथम, विजय तामाङले दोस्रो, टोखाका अमित महर्जनले तेस्रो र केन्द्रीय डोजोका पुष्पकमल दाहालले चौथो स्थान हासिल गरे ।
त्यस्तै महिलातर्फ ४० केजी तौल समुहमा केन्द्रीय डोजोकी सुनिता तामाङले प्रथम, ठेचोकी गंगा कुंवरले दोस्रो, सुस्मिता तामाङले तेस्रो र टोखाकी रश्मी श्रेष्ठले चौथो स्थान हासिले गरिन्।
महिलातर्फ ५० केजी तौल समुहमा केन्द्रीय डोजोकी सगुन देसारले प्रथम, छम्पीकी पुर्णिमा नगरकोटीले दोस्रो, टोखाकी पुष्पा तामाङले तेस्रो र केन्द्रीय डोजोकी विपना पुलामी मगरले चौथो स्थान हासिल गरिन्।
महिलातर्फ खुला तौल समुहमा टोखाकी जानकी कपाली प्रथम, उर्गेन प्रजापति दोस्रो, आकृति सुनार तेस्रो र छम्पीकी आसना बस्नेतले चौथो स्थान हासिल गरिन् ।
प्रगियोगिताको समापनका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी राजकृष्ण श्रेष्ठ, मनिष श्रेष्ठ, वावुकृष्ण श्रेष्ठ, बिक्रम महर्जन, मनोज आचार्यसहित विभिन्न विधामा योगदान दिएका समाजसेवीहरु समेतलाई सम्मान समेत गरिएको थियो।