Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस शेयर सूचीकृत

कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

२५, पौष २०७८
कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस शेयर सूचीकृत
images

काठमाडौं । आइतबार दुई ओटा अलग–अलग कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कुमारी बैंकको ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यी दुवै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कुमारी बैंकले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी, लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:३१:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology