Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

दैनिकी न्यूज

२६, पौष २०७८
दोहोरो अंकले बढ्यो नेप्से
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढ्यो । आज नेप्से सूचक १९.४३ अंकले र सेन्सिटिभ सूचक ३.१६ अंकले बढेको हो। आज २३६ कम्पनीको ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँ बराबरको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूह्को परिसूचक राताम्मे भएको छ भने १० समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै ५.४८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूह पनि ३.३१ प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.१८ प्रतिशतले घटेको छ ।

२२ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । त्यस्तै, नेपाल टेलिकमको साढे २१ करोड र एचआइडीसीएल २१ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

मध्य भोटेकोशी जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि करिब १० प्रतिशत कमाएका छन् । त्यसैगरी, खानीखोला ८.२०, हिमालयन ऊर्जा ८.०५, गोर्खा फाइनान्स ७.११, रुरु जलविद्युत् ६.७८, नेशनल लाइफ ६.७२, जोशी हाइड्रोपावर ६.५८, एनएमबी ५० म्युचुअल फण्ड, नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, नेपाल टेलिकम, माउन्टेन इनर्जी र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।

बढ्दो बजारमा आज प्रभु सेलेक्ट फण्डको सबैभन्दा धेरै ३.१७ प्रतिशत गुमाएका छन् ।

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - १५:१६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology