Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजारमा उछाल जारी

शेयर बजारमा उछाल जारी

दैनिकी न्यूज

२७, पौष २०७८
शेयर बजारमा उछाल जारी
images

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । केही दिनयता नेपाली शेयर बजारमा उछाल आएको छ । यससाताका ३ दिनमै नेप्से १४२ अंकले बढेको छ ।

आज नेप्से परिसूचक ४९ दशमलव १९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।

सोही अंकले बृद्धि हुँदा २३२ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज एकैदिन १६ करोड ८३ लाख २२ हजार ६९५ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, गोर्खाज फाइनान्सको १६ करोड २६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख, एनटिसीको १३ करोड ८२ लाख र नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ५९ लाख भन्दा माथिको कारोबार भएको ।

८ वटा कम्पनीको शेयरमूल्यमा उच्च रुपमा वृद्धि भएको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त, न्यादि जलविद्युत र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको आज सर्किट लेभलमा कारोबार भएका छन् ।

बढ्दो बजारमा आज माउन्टेन इनर्जी नेपालले ३.५२ प्रतिशत, नेपाल एसबीआई बैंकको २ प्रतिशत, शिवम् सिमेन्टको १.४९ प्रतिशत, रुरू जलविद्युतले १.२५ प्रतिशत घटेको छ।

बैंकिङ प्रणालीमा तरलता केही सहज भएसँगै सेयर बजारले गति लिएको हो । साथै, पछिल्लो समय कोरोना संक्रमण फैलिँदै गएसँगै लकडाउन हुने हल्लाका कारण पनि लगानीकर्ता सेयर बजारमा प्रवेश गरेको बताइएको छ ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - १५:१३:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology