Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जानकी फाइनान्सले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?

जानकी फाइनान्सले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

२७, पौष २०७८
जानकी फाइनान्सले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?
images

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ४ लाख ११ हजार १०० रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ९ करोड ६१ हजार ७०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ४७ लाख ४० हजार ८९.४७ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - १६:५२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology