काठमाडौं । लगातार बढिरहेको सेयर बजारमा बुधबार दोहोरो अंकले ओरालो लागेको छ।
आज नेप्से ३० दशमलव ५१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८०३.६२ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले घटेर ५२१.८३ को विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी १० वटाको घटेको छ । यो दिन लगानी समूह सर्वाधिक ३.१३ प्रतिशतले बढेको छ । व्यापार समूह ०.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०९ प्रतिशतले बढेको छ । यो दिन अन्य समूह सर्वाधिक ३.१३ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह २.३९ प्रतिशत, बैंकिङ समूह १.२१ प्रतिशत, विकास बैंक समूह २.३८ प्रतिशत, जलविद्युत समूह ०.२१ प्रतिशत, वित्त समूह २.२४ प्रतिशत, निर्जीवन बीमा समूह २.०४ प्रतिशत, लघुवित्त समूह १.१२ प्रतिशत, जीवन बीमा समूह १.१९ प्रतिशत र म्युचुअल फन्ड समूह ०.२९ प्रतिशतले गिरावट आएको छ।
यो दिन नेपाल बंगलादेश बैंकको सर्वाधिक २८ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एचआईडीसीएलको २७ करोड ६१ लाख, अपी पावरको २४ करोड ७० लाख रुपैयाँ, अप्पर तामाकोशीको २२ करोड ७२ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ८० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँ, ङादी पावरको १७ करोड ५१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १७ करोड ६ लाख रुपैयाँ, निफ्राको १६ करोड ३२ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको सेयरभाउमा १० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युतको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन हिमालय ऊर्जा विकास कम्पनीको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।