Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रिय सभा निर्वाचन : छापियो दुई रङका मतपत्र

राष्ट्रिय सभा निर्वाचन : छापियो दुई रङका मतपत्र

दैनिकी न्यूज

३, माघ २०७८
राष्ट्रिय सभा निर्वाचन : छापियो दुई रङका मतपत्र
images

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तयार गरेको छ।

निर्वाचनका लागि हरियो र रातो गरी दुई रंगका मतपत्रको छपाइ सकिएको आयोगले जनाएको छ।

राष्ट्रिय सभाको रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न पाउने छन्।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि रातो र प्रदेश सभा सदस्यका लागि हरियो रङका मतपत्र छपाइ गरिएको हो।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ।

राष्ट्रिय सभाका रिक्त १९ पदमा विभिन्न १२ राजनीतिक दलबाट ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले एक्लै र सत्तारुढ पाँच दलले संयुक्त रुपमा उम्मेदवारी दिएका हुन्।

images
प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १०:४०:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology