Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा दुई कम्पनीको १.७० करोड कित्ता सेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको १.७० करोड कित्ता सेयर सूचिकृत

दैनिकी न्यूज

३, माघ २०७८
नेप्सेमा दुई कम्पनीको १.७० करोड कित्ता सेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकैदिन १ करोड ७० लाख कित्ता बढी सेयर थपिएको छ।

नेप्सेमा मेगा बैंकको बोनस र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद गरी कुल १ करोड ७० लाख ८८ हजार ३२८।६३१२ कित्ता सेयर सूचीकृत भएको हो।

मेगाको कुल १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यसैगरी एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सूचीकृत भएको छ। यो बैंकले सेयरधनीहरुलाई चुक्तापुँजीको ३० प्रतिशत हुन आउने हकप्रद जारी गरेको थियो। 

images
प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १५:४२:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology