Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो, यी हुन सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

नेप्से दोहोरो अंकले बढ्यो, यी हुन सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

दैनिकी न्यूज

३, माघ २०७८
नेप्से दोहोरो अंकले बढ्यो, यी हुन सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
images

काठमाडौं । सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार २०.६४ अंकले उकालो लागेर २९४७.३८ को विन्दुमा आजको कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ७ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन जलविद्युत समूह सर्वाधिक १.६१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशत, बैंकिङ समूह १.०३ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.२० प्रतिशत, जीवन बीमा समूह ०.४९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२७ प्रतिशत, निर्जीवन बीमा समूह ०.३८ प्रतिशत र अन्य समूह १.०८ प्रतिशतले बढेको छ । उता आज विकास बैंक समूह सर्वाधिक ०.४४ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.३० प्रतिशत, वित्त समूह ०.०३ प्रतिशत, लगानी समूह ०.२७ प्रतिशत र लघुवित्त समूह ०.११ प्रतिशतको गिरावट आएको छ।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४४ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ४१ करोड १ लाख, अप्पर तामाकोशीको २४ करोड ९ लाख रुपैयाँ, नेपाल टेलिकमको २३ करोड ९८ लाख, शिवम सिमेन्टको २१ करोड १२ लाख, हिमालयन डिस्टिलरीको १८ करोड ३८ लाख, अरुण काबेली पावरको १६ करोड २८ लाख, एचआईडीसीएलको १५ करोड ६२ लाख, नबिल बैंकको १३ करोड १४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज मध्यभोटेकोशी जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ।

यो दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ झन्डै ३ प्रतिशतले ओरालो लागेको छ। 

images
प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १५:५०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology