Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा थपियो ४ कम्पनीका १ करोड ३४ लाख बढी कित्ता सेयर सूचिकृत

नेप्सेमा थपियो ४ कम्पनीका १ करोड ३४ लाख बढी कित्ता सेयर सूचिकृत

दैनिकी न्यूज

६, माघ २०७८
नेप्सेमा थपियो ४ कम्पनीका १ करोड ३४ लाख बढी कित्ता सेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ४ कम्पनीका १ करोड ३४ लाख बढी कित्ता सेयर सूचीकृत भएका छन्।

नेप्सेमा माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्तका कुल १ करोड ३४ लाख ९१ हजार ८८९ कित्ता बोनस सेयर सूचीकृत भएका हुन्।

नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंकले गत आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यसैगरी आशा लघुवित्तको ६ लाख ६७ हजार ८२८ कित्ता, साधना लघुवित्तको ६ लाख ४२ हजार ४५१ कित्ता र गुराँस लघुवित्तको १ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन्। यी लघुवित्तले गत आर्थिक वर्षका लागि क्रमशः २५, २५ र १६.९० प्रतिशत बोनस सेयर वितरण गरेका थिए। 

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - १८:४७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology