Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद विक्री खुला

आजदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद विक्री खुला

दैनिकी न्यूज

७, माघ २०७८
आजदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद विक्री खुला
images

काठमाडौं आजदेखि कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद बिक्रि खुला गरेको छ। कम्पनीले १ः१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

कम्पनीको हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले पुस १ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । 

images
प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - ०९:५२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology