Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

दैनिकी न्यूज

९, माघ २०७८
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । ओली र उनकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गरेका थिए । पीसीआर गर्दा पोजेटिभ देखिएपछि उनीहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेको ओलीको निजी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

आज ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ ।

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - ११:१७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology