Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रले माघ २७ गते पदाधिकारी छान्ने

माओवादी केन्द्रले माघ २७ गते पदाधिकारी छान्ने

दैनिकी न्यूज

१०, माघ २०७८
माओवादी केन्द्रले माघ २७ गते पदाधिकारी छान्ने
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक माघ २७ गते बस्ने भएको छ। यसघि पुस २५ गते बोलाइएको बैठक अध्यक्ष प्रचण्डलाई कोरोना भएपछि बस्न सकेको थिएन। त्यसपछि माघ ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइए पनि कोरोना महामारीका कारण बैठक स्थगित गरिएको थियो।

तर त्यसपछि पार्टीको निवर्तमान स्थायी समितिको बैठक भने बसेको छ। बैठकपछि अध्यक्ष प्रचण्डले परिपत्र जारी गर्दै माघ २७ गते केन्द्रीय समिति बस्ने र पदाधिकारीको निर्वाचन, केन्द्रीय समितिको पूर्णता, पोलिटब्युरो तथा स्थायी समितिको गठन गर्ने बताएका छन्। सोही बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत गर्नेछ।

केन्द्रीय समितिको बैठकबाट अर्को निर्णय नभएसम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरूका इन्चार्जहरूलाई नै यथावत जिम्मेवारीसमेत दिइएको छ। प्रचण्डद्वारा जारी परिपत्रमा आगामी वर्ष निर्वाचनको वर्ष हुने भन्दै त्यसमा जुट्नसमेत निर्देशन दिइएको छ।

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - ०७:०४:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology