काठमाडौं । सेयर बजार मापक सूचक नेप्से सोमबार एकैदिन करि साढे ३ प्रतिशत अर्थात १०० अंकले घटेको छ । तरलता अभाव विस्तारै सहज हुँदै जान थालेपछि बढ्दो क्रममा रहेको नेप्सेमा सोमबार एकाएक उच्च गिरावट देखिएको हो । १००.१० अंकले घटेर २८२०.४१ बिन्दुमा झरेको छ । बिहानैदेखि उच्च बिक्रीचापको सामना गरेको आएको बजार त्यसपछि निरन्तर घट्दो क्रममा रहेको थियो ।
दिनभरमा २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर १ लाख १३ हजार २०५ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँमा समेटिएको छ ।
सोमबार कारोबार रकमका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३८ करोड ३४ लाख मूल्यका ७ लाख २६ हजार ५७५ कित्ता सेयर खरीद बिक्री भएका हुन् ।
यसदिन विन लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको सेयर लगानीस्कर्ताले सर्वाधिक ७.८२ प्रतिशतले गुमाएका छन् । माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त, ओरियन्टल होटल र सामलिङ्ग पावर लिमिटेडको सेयरमूल्य पनि ७ प्रतिशतभन्दा बढीले घटेको छ ।