काठमाडौं । मंगलवार नेप्सेमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको १० लाख २८ हजार १९८ दशलमव २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले कात्तिक २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।