Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज काठमाडौं उपत्यकामा थपिए २९०० संक्रमित, सक्रिय ५५ हजार बढी

आज काठमाडौं उपत्यकामा थपिए २९०० संक्रमित, सक्रिय ५५ हजार बढी

दैनिकी न्यूज

१२, माघ २०७८
आज काठमाडौं उपत्यकामा थपिए २९०० संक्रमित, सक्रिय ५५ हजार बढी
images

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०४१, भक्तपुरमा २९३ र ललितपुरमा ५६६ संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा ५५ हजार ८०९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४००१२, ललितपुरमा १००६९ र भक्तपुरमा ५७२८ सक्रिय संक्रमित छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

२४ घन्टामा गरेको २० हजार ३ सय ५९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ५५७१ पिसिआर परीक्षणबाट र २८८३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ४४३३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ९० हजार ६७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :माघ १२, २०७८ बुधवार - २०:००:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology