Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अनुमतिबिना फोटो/भिडियो सामाजिक सञ्जालमा हाले कारबाही हुने (हेर्नुहोस सूचना)

अनुमतिबिना फोटो/भिडियो सामाजिक सञ्जालमा हाले कारबाही हुने (हेर्नुहोस सूचना)

दैनिकी न्यूज

१३, माघ २०७८
अनुमतिबिना फोटो/भिडियो सामाजिक सञ्जालमा हाले कारबाही हुने (हेर्नुहोस सूचना)
images

काठमाडौं । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ।

मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ।

हेर्नुहोस सूचना

1.jpg

images
प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - १९:०६:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology