Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

दैनिकी न्यूज

१६, माघ २०७८
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
images

काठमाडौं । भोली (सोमबार) का लागि बोलाइएको राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन्।

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि माघ २६ का लागि सारिएको थियो।

images
प्रकाशित मिति :माघ १६, २०७८ आइतवार - १६:०६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology