Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाको संक्रमणको चक्र तोड्न चुनौती

कोरोनाको संक्रमणको चक्र तोड्न चुनौती

दैनिकी न्यूज

१७, माघ २०७८
कोरोनाको संक्रमणको चक्र तोड्न चुनौती
images

काठमाडौं । कोरोना भाइरस संक्रमणका लक्षण देखिन्छ। रुघामार्गी लाग्छ । खोकीले सताउँछ । तर, धेरैव्यक्ति परीक्षण नगराई घरमै बस्ने प्रवृत्ति देखिएको छ। स्वास्थ्य केन्द्रमा गई परीक्षण नगर्दा संक्रमितको तथ्यांक यकिन छैन। जसकारण संक्रमणको चक्र तोड्न चुनौती थपिएको विज्ञ बताउँछन्।

मापदण्डमा परेका सरकारी अस्पताल तथा प्रयोगशालामा निःशुल्क पीसीआर परीक्षण हुन्छ। तर, समुदायमा कोरोना फैलिइरहेको अनुपातमा परीक्षण भएको छैन। संक्रमण भए पनि परीक्षण नगराउने प्रवृत्तिले समुदायमा फैलने क्रम बढिरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा निर्देशक डा. रुद्रप्रसाद मरासिनीले बताए।

‘जुन दरमा संक्रमण फैलिरहेको छ त्यो दरमा परीक्षण भएको छैन । जसकारण समुदायमा कोरोना फैलिरहेको छ’, निर्देशक डा. मरासिनीले भने, ‘संक्रमण भए पनि परीक्षण गर्न गइरहेको अवस्था छैन। नजिकका स्वास्थ्य संस्थामा गई परीक्षण गर्न अनुरोध गर्दछु।’ दुई साताको संक्रमणदर उच्च रहेकाले सतर्क हुनुपर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्रले बताइन्। ‘अझै संक्रमणदर ४० प्रतिशतभन्दा बढी छ। संक्रमणको जोखिम कायमै छ’, प्रवक्ता मिश्रले भनिन्।

पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १ सय ५४ जनाले परीक्षण गराएका छन्। जसमध्ये ३ हजार ५ सय ४० जनालाई कोरोना लागेको पुष्टि भएको छ। माघ १३ गतेदेखि चार दिनमा संक्रमणबाट ३२ जनाले ज्यान गुमाएको डा। मिश्रले बताइन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - ०७:३३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology