Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सारिनुको मुख्य कारण यस्तो रहेछ

प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सारिनुको मुख्य कारण यस्तो रहेछ

दैनिकी न्यूज

१७, माघ २०७८
प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सारिनुको मुख्य कारण यस्तो रहेछ
images

काठमाडौं । चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सारिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ ।

पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो । सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको हो । कुनै पनि सूचना प्रायः कार्यालय समयमा नै जारी गरिन्छ । नभए अर्को सदन बिहानै सूचना जारी गरिन्छ ।

सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा अमेरिकी च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अनुमोदनका लागि संसद्मा प्रवेश गराउने विषयले पनि प्रवेश पाएको तर त्यसमा कुरा नमिलेको एक नेताले बताए । गठबन्धनभित्र एमसीसी सम्झौता संशोधन गरेर मात्र संसदमा पारित गर्नुपर्ने मत बलियो रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन मिति तोक्ने प्रस्ताव राखे पनि बैठकले स्वीकार नगरेको स्रोतको दाबी छ । तत्काल एमसीसी संसद्मा पेस गर्न नहुने अडानपछि प्रतिनिधि सभा बैठक १० दिन पर सार्न रातारात सूचना जारी गर्न लगाइएको बुझिएको छ । आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - ०७:४२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology