काठमाडौं । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको घटेको छ। आज बजार १३ दशमलव ४८ अंकले घटेर नेप्से परिसूचक २८७२.०५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०८ अंकले ओरालो लागेर ५३८.४५ को विन्दुमा ओर्लेको छ। यो दिन नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटाको शेयर मूल्य घटेको छ । यो दिन लगानी समूह सर्वाधिक २.१८ प्रतिशतले बढेको छ । अन्य समूह १.२८ प्रतिशत, लघुवित्त समूह ०.५५ प्रतिशतले बढेको छ । उता विकास बैंक समूह सर्वाधिक २.१३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.६९ प्रतिशत, बैंकिङ समूह १.०५ प्रतिशत, व्यापार समूह ०.३८ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.७२ प्रतिशत, जलविद्युत समूह ०.६७ प्रतिशत, निर्जीवन बीमा समूह १.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९६ प्रतिशत, जीवन बीमा समूह १.३३ प्रतिशत र म्युचुअल फन्ड समूह ०.७२ प्रतिशतको गिरावट आएको छ।
यो दिन एचआईडीसीएलको सर्वाधिक ५७ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अप्पर तामाकोशीको ३१ करोड ८२ लाख, नेपाल टेलिकमको ३१ करोड १८ लाख रुपैयाँ, अरुण भ्योली हाइड्रोपावरको १८ करोड २६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १७ करोड ७५ लाख रुपैयाँ, निफ्राको १६ करोड ४० लाख रुपैयाँ, अपी पावरको ११ करोड ७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ९ करोड ६० लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको ९ करोड ८ लाख रुपैयाँ र अरुण काबेली पावरको ९ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
बजारमा दोहोरो अंकको गिरावट आएपनि ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स र विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन छ्याङ्दी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
आज माउन्टेन हाइड्रो, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।