Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा माघ २० बाट बालबालिकालाई फाइजको दोस्रो मात्रा लगाइने

ललितपुरमा माघ २० बाट बालबालिकालाई फाइजको दोस्रो मात्रा लगाइने

दैनिकी न्यूज

१८, माघ २०७८
ललितपुरमा माघ २० बाट बालबालिकालाई फाइजको दोस्रो मात्रा लगाइने
images

काठमाडौं । ललितपुरका १२ वर्षदेखि १७ वर्ष सम्मका पहिलो मात्रा फाइजर खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप दिईने भएको छ।

ललिपुर महानगरपालिकाले सूचना निकाल्दै उक्त उमेर समुहका बालबालिकालाई माघ २० गतेदेखि २५ गतेसम्म दोस्रो मात्रा खोप दिने जानकारी दिएको हो। खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म चल्ने जनाइएको छ।

पुस २७ गते खोप लगाएकाहरुलाई माघ २० गते वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

पुस २८ गते खोप लगाएकालाई माघ २१ गते वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ। त्यस्तै पुस २९ गते खोप लगाएकालाई माघ २३ गते वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र तोकेको जनाइएको छ ।

पुस ३० गते खोप लगाएकालाई माघ २४ गते वडा न १५ का बाँकी विद्यालय र वडा न १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

माघ २ गते खोप लगाएकाको हकमा महानगरपालिकाले माघ २५ गते वडा न २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०७:५२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology