Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रतिनिधिसभाको बैठक रोकेकोभन्दै सभामुख हटाउने तयारी

प्रतिनिधिसभाको बैठक रोकेकोभन्दै सभामुख हटाउने तयारी

दैनिकी न्यूज

१८, माघ २०७८
प्रतिनिधिसभाको बैठक रोकेकोभन्दै सभामुख हटाउने तयारी
images

काठमाडौं । प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको छ ।

शनिबार राति पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुखले संसद्को बैठक १० दिन पर धकेलेको सरकारको आरोप छ । संसद्का बैठकलाई बिजनेस दिन नसके सरकारको आग्रहमा बैठक स्थगित गर्ने चलन छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा संसद् बैठक लामो समय स्थगित गरिएपछि पदीय आचरण नगरेको आरोपमा सभामुखविरुद्ध प्रस्ताव ल्याउन गृहकार्य सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी सदनमा टेबुल गराउन चाहन्छन् । प्रतिपक्षी एमालेले पनि सभामुखले गैरसांसदलाई संसद् बैठकमा बस्न अनुमति दिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ । एमालेले गठबन्धन तोड्ने सर्तमा एमसीसी पारित गर्ने प्रस्ताव राखेको छ । आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०८:०५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology