Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

प्रतिनिधिसभाको बैठक रोकेकोभन्दै सभामुख हटाउने तयारी

प्रतिनिधिसभाको बैठक रोकेकोभन्दै सभामुख हटाउने तयारी

दैनिकी न्यूज

१८, माघ २०७८
प्रतिनिधिसभाको बैठक रोकेकोभन्दै सभामुख हटाउने तयारी
images

काठमाडौं । प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको छ ।

शनिबार राति पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुखले संसद्को बैठक १० दिन पर धकेलेको सरकारको आरोप छ । संसद्का बैठकलाई बिजनेस दिन नसके सरकारको आग्रहमा बैठक स्थगित गर्ने चलन छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा संसद् बैठक लामो समय स्थगित गरिएपछि पदीय आचरण नगरेको आरोपमा सभामुखविरुद्ध प्रस्ताव ल्याउन गृहकार्य सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी सदनमा टेबुल गराउन चाहन्छन् । प्रतिपक्षी एमालेले पनि सभामुखले गैरसांसदलाई संसद् बैठकमा बस्न अनुमति दिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ । एमालेले गठबन्धन तोड्ने सर्तमा एमसीसी पारित गर्ने प्रस्ताव राखेको छ । आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०८:०५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology