Logo

सोमवार, श्रावण २५ गते २०८३

images

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ माघ २६ मा खुल्ने

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ माघ २६ मा खुल्ने

दैनिकी न्यूज

१८, माघ २०७८
इमर्जिङ नेपाल लिमिटेडको आईपीओ माघ २६ मा खुल्ने
images

काठमाडौं । इमर्जिङ्ग नेपालले आगामी माघ २६ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । र, बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई जारी गरिने छ ।

यससँगै इच्छुक लगानीकर्ताले माघ २६ गतेदेखि छिटोमा फागुन १ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । उनीहरुले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

हाल ५० करोड ४० हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओपश्चात ५५ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ । 

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - २१:५२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology