Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जीप दुर्घटना हुँदा ८ जनाको मृत्यू

जीप दुर्घटना हुँदा ८ जनाको मृत्यू

दैनिकी न्यूज

२२, माघ २०७८
जीप दुर्घटना हुँदा ८ जनाको मृत्यू
images

प्यूठान । प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा ५ जना घाईते भएका छन् ।

ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको हो ।

प्युठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राती १ बजेको समयमा दुर्घटना भएको थियो ।

घाईते २ जनाको जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए।

दुर्घटनाका बाँकी घाईतेलाई जिल्ला अस्पताल विजुवार लगिएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - १०:३६:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology