Logo

आइतवार, श्रावण २४ गते २०८३

images

खाजा घरमा तास खेलिरहेका पाँच जना पक्राउ

खाजा घरमा तास खेलिरहेका पाँच जना पक्राउ

दैनिकी न्यूज

२४, माघ २०७८
खाजा घरमा तास खेलिरहेका पाँच जना पक्राउ
images

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ७ शिबचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा तास खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ हजार ५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - १४:२४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology