Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा

भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा

दैनिकी न्यूज

२९, माघ २०७८
भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा
images

जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको छ । फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरि सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरुपा तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरिएको मन्त्री साहले बताए ।

आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १९:३०:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology