Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चितवनका ५६ हजार बढी बालबालिकालाई खोप

चितवनका ५६ हजार बढी बालबालिकालाई खोप

दैनिकी न्यूज

२, फाल्गुण २०७८
चितवनका ५६ हजार बढी बालबालिकालाई खोप
images

चितवन । जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् ।

कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । यसअन्तर्गत २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो । जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ । रासस

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०९:४१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology