काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा पनि डोकेको छ।
कम्पनीले चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९।५ प्रतिशतले हुन आउने २७ करोड १ लाख ११ हजार ३०९ रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ। जसमा १८.५२५ प्रतिशतले हुन आउने २५ करोड ६६ लाख ५ हजार ७४३.५५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशतले हुन आउने १ करोड ३५ लाख ५ हजार ५६५.४५ रुपैयाँ बराबरको नगद लाभांश छन्।
सोही बैठकले कम्पनीको २५ औँ वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँबानेश्वरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।