काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुखले गर्ने छलफलको औचित्य नभएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने एमाले सांसद शेरबहादुर तामाङले बताए ।
सभामुख सापकोटाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका छन् । एमालेले यसअघि पनि सभामुख सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।